मधेस प्रदेशको नाम राजपत्रमा प्रकाशित
मधेस प्रदेश सरकारले आफ्नो नाम प्रदेश राजपत्रमा प्रकाशित गरेको छ । सबै निकायलाई उक्त नाम कार्यान्वयन गराउन आग्रह गर्दै मधेस प्रदेशले आफ्नो नाम राजपत्रमा प्रकाशित गरेको हो ।
प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ ख बमोजिम दर्ता भएका प्रस्तावहरूमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।
'प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भई प्रदेशको नामकरण मधेस प्रदेश कायम भएको ब्यहोरा सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ को दफा ५ को उपदफा (१) बमोजिम सभामुखबाट प्रमाणीकरणसमेत भइसकेकाले सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको छ,' मधेस प्रदेश सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई
-
बैंककको बारमा आगलागी, मृत्यु हुनेको संख्या ३० पुग्यो
-
मल्लको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको नियमापत्ति
-
सर्वोच्चको आदेश अवज्ञा गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यविरुद्ध अवहेलना मुद्दा दर्ता
-
जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी
-
अमेरिका–इरान तनाव चर्किँदा एक महिनाकै उच्च स्तरमा उक्लियो कच्चा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण