मुगुमा कस्मेटिक पसल छोडेर कुखुरा व्यवसायमा रमाएकी जुनलाली
मुगु छाँयानाथ रारा नगरपालिका–२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् ।
सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यवसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन् । कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन् ।
अहिलेको उनको दिनचर्या भनेको बिहान उठेदेखि राति अबेरसम्म टर्की, हाँस र कुखुराको रेखदेखमा समय बित्ने गरेको छ । छाँयानाथ रारा नगरपालिका–७ टोप्ला रारा जाने मूल गेटमा रारा आउने जाने पाहुनालाई लक्षित गरी व्यवसाय सञ्चालन गरेको जुनलाली बताउँछिन् ।
मनीषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, दुई छोराको अध्ययन खर्च जुटाउन समस्या नभएको बताएकी उनको फ्रेस हाउस सञ्चालन गर्न करिब १५ लाखभन्दा बढी रकम पूर्वाधारदेखि अन्य कच्चा पदार्थमा लगानी छ ।
हाल फ्रेस हाउसमा ३०० भन्दा बढी लोकल कुखुरा, ३० वटा हाँस, र ५० वटा टर्की छन् । पशुपन्छी तथा पशु कार्यालय मुगुबाट टर्की व्यवसायको लागि पाँच लाखको सहयोग गरिएको छ । मुगुमा टर्की हाँस, कालिजको व्यवसायको रूपमा फस्टाउँदै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण