साढे १५ घण्टासम्म यसरी जल्यो प्लाष्टिक उद्योग (फोटोफिचर)
ललितपुर । मंगलबार साँझ ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा रहेको आनन्द प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ ।
साझ साढे ६ बजेतिर लागेको आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् । आगलागीबाट पञ्चकन्याको युपिभिसी उद्योगमा पनि क्षति पुगेको छ ।
प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको बताएको छ । साँझदेखि लागेको आगो आज बिहान साढे ९ मा मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणको लागि १० वटा दमकल प्रयोग गरिएको थियो । उपत्यका भित्रको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भक्तपुर, ललितपुर र काठमाडौँको दमकम ल्याइएको थियो ।
आगोबाट उद्योगमा कति क्षति भयो भन्ने बारे अझै अनुमान गर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी परिसर ललितपुरले दिएको जानकारी अनुसार अहिले प्रहरी टोली विवरण लिनमा खटिरहेको छ । अबको केही घण्टामा क्षतिको विवरण आउने प्रहरी परिसरको भनाई छ ।
तत्काल मुचुल्का उठाउने काम भइरहेको हुँदा क्षतिको विवरण आउन बाँकी रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण