टेलिकमको तार चोरेको आरोपमा भायोनेटका ५ जना कर्मचारी पक्राउ
इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारीहरूमाथि टेलिकमको तार चोरेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुले भायोनेटका ५ कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ घर भएका प्रेम बहादुर बोहरा, कैलाली घर भएका नमेश बुढा र गोविन्द साउद, गोरखा घर भएका राजन घले तथा काभ्रेको बनेपा घर भएका प्रबिन कार्की छन् ।
भायोनेट मर्मतका लागी प्रदेश–३–०१–०२३ च ४३०१ नम्बरको हात्ती गाडीमा हिँड्ने उनिहरुले तार चोरी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । हात्ती गाडीको अगाडी ‘दुरसञ्चार इन्टरनेट सेवा’ लेखिएको बोर्ड राखेर हिँड्ने हुनाले उनीहरुलाई सहजै कसैले शंका गर्थेनन् । आरोपीहरुले सो सुविधाको फाइदा उठाएर तार चोरी गर्दै आएका थिए ।
शनिवार तार चोरेर सो तार छिल्नलाई जंगलतिर जाँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीबाट उनीहरुलाई पक्रेर अनुसन्धान भइरहेको बालाजुका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए । ‘फुटपाथमा बस्नेहरु र कवाडी संकलकहरुलाई हामिले शंकाको घेरामा राख्ने गरेका थियौं, इन्टरनेट मर्मत गर्न हिँड्ने हुनाले उनीहरु प्रहरीको नजरमा पर्दैनथे’ महानगरीय प्रहरी वृत बालाजुका डिएसपी मिश्र भन्छन्–‘तर, शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तार चोरीमा उनीहरु संलग्न रहेको खुलेको छ ।’ प्रहरीले आरोपीहरुको साथबाट एउटा तारमा ५० ओटा र १ सय वटा लाइन जडान गर्न मिल्ने मोटो आकारको तारा बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण