विराट र अनुष्काले छोरीको फोटो भाइरल भएपछि के भने ?
भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी वामिकाको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलिएको तेस्रो वानडेमा अनुष्का वामिका देखिएका थिए । तस्बिरको विषयमा अब बिराट कोहली र अनुष्का शर्माले सोसल मिडियामा प्रतिक्रिया दिएका छन् ।
अनुष्का शर्माले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफूहरुमाथि क्यामरा तेर्सिएको बारे अनभिज्ञ भएको बताएकी छिन् । उनले यसबारे भनेकी छिन्, ‘हाम्री छोरी हिजो स्टेडियममा क्लिक भइन् र उनी लगातार सेयर भइरहेकी छिन् । क्यामराको नजर हामीमाथि थियो भनेर हामीलाई थाहा थिएन । छोरीको तस्बिरको विषयमा हाम्रो धारणा पहिलाको जस्तै छ । हामी तपाईंसँग आशा गर्छौँ कि वामिकाको तस्बिर क्लिक नगर्नुहोस् र उनलाई कहिँ कतै नछाप्नुहोस् । यसरी आग्रह गर्नुको कारण हामीले पहिला पनि भनिसकेका छौँ । धन्यवाद ।’
बलिउड सेलिब्रिटीका सन्तान धेरैजसो जन्मिएलगत्तै चर्चाको केन्द्रमा हुन्छन् । कतिले आफ्ना सन्तानको तस्बिर आफैंले सोसल मिडियामा पोस्ट गर्ने गर्छन् भने कतिले आफ्ना सन्तानलाई मिडियाको पापाराजीबाट जोगाउन चाहन्छन् । अनुष्का र विराटले पनि आफ्नी छोरीलाई मिडियाको नजरबाट टाढै राख्ने प्रयास गरिरहेका छन् र बारम्बार मिडियासमक्ष आग्रह पनि गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
