प्रहरीकै मोटरसाइकल लिएर फरार कैदी पक्राउ
दाङको घोराही कारागारबाट भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले कारागारबाट भागेका कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले कार्यालय दाङले परियारलाई सोमबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो ।
कारागारबाट उपचारको बहानामा पुस ८ गते त्यहाँबाट निकालिएको बेला प्रहरीकै मिलेमतोमा भगाएको दाङ प्रहरीको निष्कर्ष थियो । उनी प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । लामो समयदेखि सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो। सोही आधारमा उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल पक्राउ गर्न भारत पुगेको जनाइएको छ ।
यसअघि नै कारागारका नाइके भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण