टेकु अस्पतालमा भोलिदेखि खोप अभियान फेरि सञ्चालन हुने
सोमबार, १० माघ २०७८, २० : ५४
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुनः खोप अभियान सञ्चालनमा आउने भएको छ । सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमितका साथै कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक रूपमा बढिरहँदा खोप लगाउनेहरूको भीड अस्पतालमा लागेको थियो थियो । तर, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।
यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदर विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण