रुपन्देही व्यापार संघमा सदस्य र सल्लाहकार चयन
रुपन्देही व्यापार संघको आज बसेको बैठकले १७ जनालाई संघको सल्लाहाकार तथा कार्यसमिति सदस्यहरु मनोनित गरेको छ ।गत पुस १९ गते सम्पन्न संघको २० औ साधारणसभा तथा ११ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
संघको सल्लाहकारमा आनन्दप्रसाद रेग्मी, जोगलाल विश्वकर्मा, माधव नेपाल, तुल्सीराम बञ्जाडे, बालाराम भट्टराई, कृष्ण प्रसाद पाण्डे, सुरज पाण्डे, रणबहादुर खनाल, खिमानन्द पोखरेल, खेमराज पुन, सूर्यबहादुर भटट्राई, ऋषिबहादुर भण्डारी, समुद्र जिसीलाई चयन गरेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
बैठकले संघको आर्थिक सल्लाहकारमा डा. ताराप्रसाद उपाध्याय, प्रेस सल्लाहकारमा सुमन अधिकारी, कानुनी सल्लाहकारमा लेखनाथ ढकाल र प्राविधिक सल्लाहकारमा ई. ज्ञानप्रसाद अर्याललाई चयन गरेको छ ।
यस्तै संघको मानार्थ सदस्यमा बैकुण्ठ कोइराला तथा सदस्यमा मिलन सुनार, पिताम्बर अर्याल, जयलाल न्यौपाने, खगुलाल गिरी र जिवनारायण घिमिरेलाई मनोनित गरेको छ । बैठकले संघको २ वर्षे रणनीतिक कार्ययोजना कार्यशाला गोष्ठी आगामी फागुन ७, ८ र ९ गते गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण