कोरोनाको संक्रमणदर बढेसँगै लमजुङ प्रशासनमा आलोपालो सेवा
बुधबार, १२ माघ २०७८, ०८ : ३५
जिल्ला प्रशासन कार्यालय लमजुङले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ । जिल्लामा संक्रमणदर बढेकाले बुधबारबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ । आइतबार दूधपोखरी र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।
सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् । यस्तै मंगलबार मध्यनेपाल नगरपालिका, बुधबार सुन्दरबजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबार बेंसीशहर नगरपालिकाका नागरिकलाई सेवा लिन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
-
भ्रष्टाचार मुद्दामा सफाइसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
-
जासुसी रोक्न जापान सक्रिय
-
लागूऔषधसहित पाँच जना पक्राउ
-
गगने खोलामा सडक पुनः अवरूद्ध
-
थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण