लुकाई छिपाई राखिएको ३ करोड ८० लाख रुपैयाँ बराबरको खरबुजाको बीउ बरामद
झापा । झापामा प्रहरीले अवैध रूपमा लुकाई छिपाई राखिएको ठुलो परिमाणको खरबुजाको बीउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले विशेष सूचनाको आधारमा छापा मारी उक्त बीउ नियन्त्रणमा लिएको हो।
२०८३ साउन २८ गते साँझ १८ः ०० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ३, ज्ञाने चोकस्थित भिमलाल सुवेदीको घरमा अवैध रूपमा बीउ लुकाइएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक वसुन्धरा खड्काको कमान्डमा ५५ जनाको टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले सुवेदीको घरका दुई वटा कोठामा कानुन बमोजिम खानतलासी गर्दा प्रति बोरा ४० के.जी. दरका ९४८ बोरा गरी जम्मा ३७ हजार ९२० के.जी.खरबुजाको बीउ फेला पारेको छ। जसको मूल्य अनुमानित प्रतिकेजी १ हजारले ३ करोड ८० लाख पर्ने जनाइएको छ ।
बरामद गरिएको उक्त बीउलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय, झापामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै, यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुला क्लबका महँगा खेलाडी, कतिको मूल्यवान् रह्यो तिनको विश्वकपमा प्रदर्शन ?
-
सेमिफाइनलमा अहिलेसम्म अपराजित छ अर्जेन्टिना, इंग्ल्याण्डको खराब रेकर्ड
-
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
-
बहुमूल्य वस्तु भन्दै टल्किने ढुङ्गा देखाएर ठगी गर्ने छ जना पक्राउ
-
पानीमा भिज्दै सिंहदरबारको गेटमा धर्ना बस्ने निहारिका प्रहरीको नियन्त्रणमा
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण