राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु
राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ | दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सबैभन्दा पहिले लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरेका हुन् ।
केसीले मतदान गरेपछि अन्यले मतदान गर्ने क्रम सुरु भएको छ। लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा उत्रेका छन् ।

राष्ट्रियसभामा प्रदेश सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्न पाउनेछन् । प्रदेश र स्थानीय तहका ३/३ वटा मतपेटिका राखिएको छ । कोभिड सङ्क्रमितलाई सेनिटाईजर गरेर मतदानको व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख गेहेन्द्र कुवरले बताए छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण