लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी
लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभाका तीन सदस्य पदमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
सत्तारुढ गठबन्धनबाट अन्य समूहतर्फ काँग्रेसका युवराज शर्मा, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मालाई उम्मेदवार बनेका थिए । बुधबार भएको निर्वाचनमा उनीहरु तीनै जना विजयी भएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार शर्माले प्रदेशसभातर्फ ४४ र स्थानीय तहतर्फ १२४ मतसहित कुल मतभार ४ हजार ३४४ ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रामदयाल गुप्ताले ३ हजार ३७८ मतभार हासिल गरे ।
यस्तै महिला तर्फ गठबन्धनकै उम्मेदवार गैरेले प्रदेशसभातर्फ ४५ र स्थानीय तहतर्फ १२३ मत हासिल गरिन् । दुवैमा उनको कुल मतभार ४ हजार ३७४ रह्यो । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार भारती खनालले प्रदेशसभातर्फ ३६ र स्थानीय तर्फ ८८ मत हासिल गरिन् । दलिततर्फ गठबन्धनका उम्मेदवार विश्वकर्माले प्रदेशसभा अन्तर्गत ४५ र स्थानीय तह अन्तर्गत १२२ मत हासिल गरे । उनको कुल मतभार ४ हजार ३५६ रह्यो । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार कृष्णबहादुर सुनारले प्रदेशसभा तर्फ ३६ र स्थानीय तहतर्फ ९० मतमात्र हासिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण