तिनाउ खोलामा फेला परेको महिलाको शव सनाखत
बिहीबार, १३ माघ २०७८, १८ : ५९
तिनाउ खोलामा फेला परेको बेवारिसे महिलाको शव बिहीबार साँझ सनाखत भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ विद्युत ड्याम नजिकै तिनाउ खोलाको बीच भागमा घोप्टो परेको अवस्थामा भेटिएको शव रुपन्देहीको सैनामैना नगरपालिका–३ की ७८ बर्षीया जितकुमारी कार्कीको रहेको प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धान गर्दै जाँदा उक्त शव कार्कीको भएको थाहा भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । मृतकका छोरा चक्रबहादुर कार्कीले आमाको शव पहिचान गरी बुझेर लगेको पचभैयाले बताए । चक्रबहादुरका अनुसार जितकुमारी माघ ७ गते मर्निङ वाकका लागि घरबाट बाहिर निस्किएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण