बुटवलमा कराँतेको कबर्डहल निर्माण
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्वर्द्धनका लागि भन्दै कराँते एकेडेमीका लागि कबर्ड हल सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन बिहीबार उपमहानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् । उनले अब बुटवलमा कराँतेका विभिन्न इभेन्ट्सका प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्ने बताए ।
उनले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै खेलकुदको पूर्वाधार विकासमा ध्यान दिइएको बताए । कालिका नगरमा स्थापना भएको एकेडेमीमा बुटवल उपमहानगरका विभिन्न वडाका साथै तिलोत्तमा नगरपालिकाको २ र ३ नम्बर वडाका खेलाडीले समेत प्रशिक्षणको प्रत्यक्ष लाभ लिन सक्ने छन् ।
कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका कार्यक्रमका सञ्चालक कृष्णप्रसाद देवकोटाले उपमहानगरले खेलकुदका लागि पूर्वाधार विकास सँगै खेलाडीमा प्रोत्साहन जगाउने समेत काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण