राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुलाई सम्मान, संविधानको मर्म अनुसार काम गर्ने प्रतिवद्धता
लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई बिहीबार बुटवलमा सम्मान गरिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको रुपन्देही जिल्ला कार्यसमितिले सत्तारुढ गठबन्धनबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्यको सम्मान गरेको हो ।
सो अवसरमा नवनिर्वाचित सदस्यहरुले संविधानको मुल मर्म अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वोपरी मानेर काम गर्ने बताए् ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरैले गठबन्धनका उम्मेदवारको विजयले प्रतिगमनकारी र दम्भीहरु पराजित भएको बताइन् ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट विजयी भएका तुलप्रसाद विश्वकर्माले देश र जनताका समस्यालाई निकास दिन राष्ट्रियसभा सदस्यका रुपमा आफूले भूमिका निर्वाह गर्ने बताए । उनले गठबन्धनबाट आफूहरु विजयी हुँदा समग्र देश र प्रतिगमनकारी शक्तिले पराजय भोगेको बताउँदै आफूहरुले गल्ती गरेमा सजग गराउन आग्रहसमेत गरे ।
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा गठबन्धनका तर्फबाट तीन जना विजयी भए पनि नेपाली काँग्रेसका तर्फबाट विजयी भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी भएनन् ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला कार्यसमितिका अध्यक्ष राजु गुरुङले केपी ओलीले चालेको संविधान विरोधी र प्रतिगमनकारी कदमलाई परास्त गर्न सफल भएको बताए ।
उक्त अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई लगायतले पनि आफ्ना धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण