आइतबारदेखि १० दिनसम्म राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने
शुक्रबार, १४ माघ २०७८, १६ : ४२
आइतबारदेखि राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनका अनुसार राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएकाले दैनिक आंशिक रुपमा राजमार्ग बन्द गर्न लागिएको हो ।
उनले १० दिनसम्म दैनिक दुई चरणमा गरी जम्मा ७ घण्टा सडक बन्द गरिने जानकारी दिए । जसअनुसार बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उनले बताए ।
उक्त सडक स्तरोन्‍नतिको जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ । साथै अत्यावश्यक अवस्थामा एकतर्फी सवारी साधनका लागि पैयाँखोर–कपुरकोट डाइभर्सन प्रयोग गर्न सकिने पनि उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण