मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अत्यधिक टाउको दुखाइको असर : गुम्न सक्छ आँखाको ज्योती, बेवास्ता नगर्नुस्

आइतबार, १६ माघ २०७८, १० : ४६
आइतबार, १६ माघ २०७८

अत्यधिक टाउको दुखाईलाई बेवास्ता गर्नुहुँदैन । पछिल्लो समय धेरै मानिसहरु लगातार टाउको दुख्ने समस्याले चिन्तित छन् । टाउको दुख्ने समस्यामा हल्कादेखि माइग्रेनको दुखाइ हुने सम्म समस्या भएको पाइन्छ । कतिपय दुखाइमा पेनकिलर, पानी पिउने, आराम गर्ने गर्दा आराम मिल्ने गर्छ । तर, टाउको दुखाई कतिबेला गम्भीर समस्या बन्छ थाहा नै हुँदैन । 

डाक्टरहरुका अनुसार लगभग १ सय ५० प्रकारका टाउको दुखाइ हुने गर्छ । धेरैजसो व्यक्तिहरुमा भने अत्यधिक टाउको दुखाईले पीडादायक समय बिताउन बाध्य हुन्छन् । क्रोनिक टाउको दुखाइ वा माइग्रेनमा डाक्टरको सल्लाह लिन आवश्यक छ । केही टाउको दुखाईले भने गम्भीर रोगको संकेत गर्ने गर्छ । जसलाई बेवास्ता गर्ने गल्ती गर्नुहुँदैन । जसमा ८ प्रकारका टाउको दुखाईहरु पर्छन् । 

तनाववाला टाउको दुखाई 
मानिसहरुमा टाउको दुखाईको यो प्रकार साझा जस्तै हो । सामान्यतयाः तनाव, पानीको कमि, आँखामा जोड, भोक लाग्नु आदिका कारण यस्तो टाउको दुखाई हुने गर्छ । सामान्यतयाः दुखाई कम गर्ने औषधिको सेवन गर्न सकिन्छ । तर, लगातार तनावका कारण टाउको दुखिरहन्छ भने समयमा नै यसको उपचार गर्नुपर्छ । 

माइग्रेन 
धेरैजसो माइग्रेनको समस्यामा बत्तीको प्रकाश, टाउकोको एउटा पाटो मात्र दुख्ने, वाकवाकी लाग्ने, धमिलो देखिने जस्ता लक्षणहरु देखिन्छन् । यसका लागि दुखाई बढाउने कुराहरुलाई नोट गरेर फेरि त्यस्ता काम र चिजबाट बच्न सकिन्छ । यस्तो समस्यामा डाक्टरको सल्लाह लिएर औषधिको सेवन गर्न सकिन्छ । 

साइनस 
साइनस भएको टाउको दुखाईमा चिसो, फ्लू वा एलर्जी आदि हुन सक्छ । साइनसको दुखाईले मानिसको अनुहारको भागमा समेत दुखाई  गराउँछ । यस्तो दुखाईमा डाक्टरहरुले औषधिको सेवन गर्ने सल्लाह दिन्छन् । 

क्लस्टर
क्लस्टरमा हुने टाउको दुखाई निकै खराब र असामान्य हुने गर्छ । यो दुखाईमा अत्यधिक पीडा हुन्छ । यो समस्या हजारमध्ये केहीलाई मात्र हुने गर्छ । यो दुखाई आँखा वरिपरी हुने गर्छ । यो समस्यामा तुरुन्त डाक्टरको सल्लाह लिन आवश्यक छ । 

हर्मोनल 
महिनावारी चक्र, पीएमएस र प्यारामिनोपोजको कारण हर्मोनको मात्रामा उतार चढावका कारण टाउको दुखाईको समस्या हुने गर्छ । यस्तो अवस्थामा हुने टाउको दुखाईलाई पनि गम्भीर रुपमा लिने र डाक्टरको सल्लाह दिन आवश्यक हुन्छ । 

थन्डरक्ल्याप 
अनुहारमा चोट लाग्ने समस्याका कारण यो टाउको दुखाई हुने गर्छ । यो टाउको दुखाईमा ६० सेकेण्डसम्ममा टाउको दुखाई अत्यधिक हुनसक्छ । यसमा वाकवाकी लाग्ने, बेहोश हुने, बान्ता हुने आदि समस्या आउन सक्छ । यो दुखाईले ब्रेन एन्यूरिज्म, स्ट्रोक, ब्रेन ब्लिडिङ जस्ता रोगको संकेत गर्छ । 

जोइन्ट सेल आर्टराइटिस 
५० वर्ष उमेर पुगेका व्यक्तिहरुमा यो समस्या देखिन थाल्छ । यो दुखाईमा बंगरामा दुखाई, स्क्याल्पमा दुखाई, आँखामा पनि समस्या हुन सक्छ । 

अलार्म क्लक 
अलार्म क्लकका कारण पनि टाउको दुख्ने समस्या आउँछ । यसले निन्द्रा बिथोल्ने काम गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप