गुल्मीमा बुस्टर खोप लगाउन सुरु
आइतबार, १६ माघ २०७८, १५ : ०६
गुल्मीमा आइतबारदेखि लक्षित वर्गलाई कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार बुस्टर खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्ग र ६२ वर्ष भन्दामाथिका नगरवासीलाई करिव ३ हजार ५ सय जनालाई लगाउने लक्ष्य लिइएको छ ।
यस अघि पुस ६ गते देखि १२ बर्ष देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण