चिसो हावा र हुस्सुले जनजीवन कष्टकर
बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ । पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो । केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो ।
चिसो बढेका कारण उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।
अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका गरिब तथा विपन्न समुदायको जनजीवन प्रभावित भएका छन । चिसो बढेसँगै ठाउँमा आगो बालेर सर्वसाधारण बस्नु बाध्य भएका छन ।
चिसो हावा र बाक्लो हुस्सुले गर्दा बेलुकी ६ बजेदेखि दिउँसो १२ बजेसम्म हुस्सुका कारण अन्धकारमय जस्तै देखिने गरेको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्किन सकेका छैनन् ।
अत्यधिक चिसो र हुस्सुका कारण घरका गाईवस्तु जंगल चराउन लैजान समस्या भइरहेको त्रियुगा नगरपालिका– ३ चाँपका जीतबहादुर तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण