तेजस्वी प्रकाश बनिन् ‘बिग बोस १५’ को विजेता, ट्रफीसँगै पाइन् ४० लाख
सोमबार, १७ माघ २०७८, ०८ : ४०
अभिनेत्री तेजस्वी प्रकाश भारतीय टेलिभिजनको रियालिटी शो ‘बिग बोस १५’ विजेता बन्न सफल भएकी छन् । टप–३ मा पुगेकी तेजस्वीले करण कुन्द्रा र प्रतिक सहजपाललाई हराएर विजेता बन्न सफल भएकी हुन् । उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख (भारतीय रुपियाँ) प्राप्त गरेकी छन् ।

फिनालेमा टप–२ मा तेजस्वी र प्रतिकबीच टक्कर भएको थियो । शोमा भएका सबैले प्रतिकलाई विजेता मानेका थिए । सामाजिक सञ्जालमा समेत प्रतिकलाई विजेता घोषित गरिएको थियो । तर, तेजस्वी विजेता बन्न सफल भइन् । तेजस्वीले ट्रफि जितेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । प्रतिक नै विजयी हुन योग्य भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण