तिलोत्तमास्थित तिनाउ नदीमा अर्को पुल निर्माण हुँदै
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक निमार्णको कामसँगै पुल निमार्णलाई पनि तीव्रता दिएको छ । केही वर्षयता तिनाउ र दानव नदी क्षेत्रका विभिन्न ठाउँमा धमाधम पुल बनिरहेका छन् । पछिल्ला तीन वर्षमा सो नदीमा ७ वटा पुल बनेका छन् । सोही सिलसिलमा तिनाउ नदीमा फेरि अर्को पुल निर्माणको काम सुरु भएको छ ।
तिलोतमा ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिका–१७ हरिहरपुरसँग जोडिने गरी तिनाउ नदीमा पुल निर्माणको काम सुरु भएको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० करोड ६४ लाख लागतमा पुल निर्माण सुरु भएको हो । २ सय मिटर लम्बाई र ११ मिटर चौडाई रहेको सो पुलमा साढे ३ मिटर फुटपाथका लागि छुट्टाइएको छ ।
उक्त पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आउजाउमा निकै सहज हुने तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताए । पुलको निर्माणको ठेक्का शर्मा–सगुन जेभीले लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुशील बुढाथोकीले तोकिएको समयभन्दा अघि नैं पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताएका छन् । पुल निर्माणले बुटवल–तिनाउ पारी र तिलोत्तमाका स्थानीय आवत जावतमा सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण