बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दियो, दुई जनाको मृत्यु
बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । जिल्लाको बढैयाताल गाँउपालिका–३ सतपतियामा साँझ करिव ९ बजेको समयमा आगो तापिरहेका ५ जनालाई टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
बर्दियाका जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीका अनुसार हिजो बेलुकी ९ बजेतिर घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिँदै टिपर पनि पल्टेको थियो ।
टिपरको ठक्करबाट सतपतियाटोलका ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा मृत्यु भएको एसपी कार्कीले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएका वर्ष ३५ की प्रमिला चौधरी, वर्ष ४० की चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण