शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

मङ्गलबार, १८ माघ २०७८, १२ : ३५
मङ्गलबार, १८ माघ २०७८

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाएको छ ।

 सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले  कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार  जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य  कार्यमा रोक लगाएको जानकारी दिइन् । त्यस्तै डान्सबार, सिनेमा घर, नाच घर, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजारमा समेत रोक लगाइएको छ । 

यसैबीच तुलसीपुर उपमहानरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले सोमबार सो उपमहानगरपालिका क्षेत्रभित्रका  विभिन्न विद्यालयमा अध्ययनरत  नौ हजार ५२ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप प्रदान गरेको छ ।
 
जनस्वास्थ्य प्रवद्र्धन शाखाका कोभिड फोकल पर्सन बिमल केसीका अनुसार १८ वटा वडामा रहेका विद्यालयमा  २१ वटा खोप केन्द्रबाट छ हजार ७६३ छात्रा र चार हजार ३८९ जना छात्रगरी कूल नौ हजार ५२ जनालाई खोप प्रदान गरिएको हो । 
 
१२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका  विद्यार्थीलाई विद्यालयमै खोप दिइरहेको र सो खोप आज पनि जारी रहने  केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप