नेपालगञ्जमा एक हजार बेडको होल्डिङ सेन्टर चैतसम्ममा बनिसक्ने
आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रूपमा सुरक्षित राख्न नेपालगन्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको हो ।
साउन २०७८ मा निर्माण सम्झौता भएको उक्त होल्डिङ सेन्टर २४ असोजमा निर्माण सम्पन्न भइसक्नु पर्नेमा त्यसो हुन सकेन । निर्माण सम्पन्न गर्नका लागि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । नेपाली सेनासँगको सहकार्यमा ठेकेदार कम्पनीमार्फत होल्डिङ सेन्टरको निर्माण कार्य सुरु भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले होल्डिङ्ग सेन्टर निर्माण कार्य पछिल्लो पटक सन्तोषजनक रूपमा अघि बढेकाले चाँडै निर्माण सम्पन्न हुने बताए । उनका अनुसार आउँदो चैत्रसम्म निर्माण कार्य सम्पन्न हुनेछ ।
कोभिड–१९ सङ्क्रमण व्यवस्थापन गर्न यो होल्डिङ सेन्टर निर्माण सुरु भएको थियो । कोभिड सङ्क्रमितहरूलाई सुरक्षित तरिकाले उपचार गर्न र समुदाय स्तरसम्म सङ्क्रमितहरू सोझै नपुगुन् भनेर होल्डिङ्ग सेन्टर निर्माण गरिएको हो । यद्यपि बाढी तथा डुवान, प्राकृतिक विपद्का बेला यो सेन्टर प्रयोगमा ल्याउन सकिने प्रजिअ खत्रीले जनाए ।
नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले होल्डिङ सेन्टरका ३०० बेड सञ्चालनका लागि तयारी अवस्थामा रहेका बताए ।
नेपाल भारत सीमावर्ती रुपैडीया–जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरूलाई मध्यनजर गरी यो सेन्टर स्थापना गरिएको छ । पछिल्लो अवधिमा नेपालगञ्ज आसपास र बाँकेमा कोभिड–१९ परीक्षण गर्दा करिब ७० प्रतिशतलाई सङ्क्रमण भएको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण