शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी प्राध्यापकलाई बौद्ध विश्वविद्यालयमा स्वागत

मङ्गलबार, १८ माघ २०७८, १७ : ५१
मङ्गलबार, १८ माघ २०७८

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी प्राध्यापकलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । अमेरिकाको पूर्वी केन्थकी विश्वविद्यालयका प्राध्यापक डा. जे.अब्राह्म भेलेज दा केआ आगन्तुक प्राध्यापकका रुपमा बौद्ध विश्वविद्यालयमा आएका हुन् ।

स्पेनिस नागरिक अब्राह्म अमेरिकाको केन्थकी विश्वविद्यालयको इतिहास, दर्शन र धर्मशास्त्र विभागको एसियन अध्ययनका निर्देशक रहेका छन् । उनी अव दुई महिनासम्म बौद्ध विश्वविद्यालयमा रही प्राध्यापन, अनुसन्धान कार्यमा काम गर्ने विश्वविद्यालयले जनाएको छ । उनका बौद्ध दर्शनसँग सम्बन्धित दुई पुस्तक प्रकाशनमा रहेका छन् ।

मंगलबार विश्वविद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले स्वागत गर्दै  प्राध्यापक अब्राह्मको आगमनले विश्वविद्यालयका प्राज्ञिक उन्नयनमा टेवा पुग्ने  विश्वास व्यक्त गरे । त्यस्तै अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले बौद्ध दर्शन शिक्षा, पुरातात्विक क्षेत्रको उत्खनन् र प्रवद्र्धनमा प्रोफेसर अब्राहमको अनुभवबाट विश्वविद्यालयले लाभ लिने सक्ने बताएका थिए  ।

विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईंका अनुसार प्राध्यापक अब्राहमले दुई महिनासम्म बौद्ध विश्वविद्यालयमा रहदा शिक्षकसँग अनुसन्धान विषयमा छलफल, विशेष कक्षा प्रदान गर्ने  छन् । उनले बुद्धिस्ट इथिक्स, अन्र्तराष्ट्रिय कानून, अन्र्तधर्म भित्रको द्वन्द्वको रोकथाम र शान्ति निर्माण, बौद्ध दर्शन र वातावरण, लुम्बिनीको प्रवद्र्धन कसरी गर्ने विषयमा विशेष कक्षाहरु दिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप