बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् : शंकर पोखरेल

बुधबार, १९ माघ २०७८, १० : ४४
बुधबार, १९ माघ २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । महासचिव पोखरेलले अव हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँमा नयाँ जनादेशले ठाउँ लिने पनि बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘जनादेशको सम्मान,राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठबन्धन ।’

त्यस्तै उनले चुनावमा जनता नै न्यायाधीश हुने भन्दै अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँ नयाँ जनादेशले लिने दावी समेत गरेका छन् । ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेण्डा विहिन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो’, पोखरेलले भनेका छन्, ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप