चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । महासचिव पोखरेलले अव हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँमा नयाँ जनादेशले ठाउँ लिने पनि बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘जनादेशको सम्मान,राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठबन्धन ।’
त्यस्तै उनले चुनावमा जनता नै न्यायाधीश हुने भन्दै अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँ नयाँ जनादेशले लिने दावी समेत गरेका छन् । ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेण्डा विहिन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो’, पोखरेलले भनेका छन्, ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण