शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

बुधबार, १९ माघ २०७८, ११ : २०
बुधबार, १९ माघ २०७८

बाँके जिल्लामा थप एक जना कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा उपचार  गराइरहेका एक पुरुषको उपचारकै क्रममा बिहान मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का ८५ वर्षीय पुरुषको रहेका छन् । उनी पुस २३ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भर्ना गरिएको थियो ।  उपचार गर्दा गर्दै आज विहान उनको मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४७ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप