बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को बैठक अनिश्चित, निर्वाचनको मिति तोक्न विलम्ब

बिहीबार, २० माघ २०७८, ११ : २९
बिहीबार, २० माघ २०७८

मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज नबस्ने बताए । 

उनले रातोपाटीसँग भने, ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपनि आज मन्त्रिपरिषदको बैठक बस्दैन । अब अर्को बैठक सोमबार बस्छ होला ।’  यस्तै महिला बालबालिका मन्त्री उमा रेग्मीले पनि मन्त्रिपरिषद बैठक बस्ने टुंगो नभएको बताइन् ।  बिहिबार मन्त्रिपरिषद बैठक बसेर निर्वाचनको मिति घोषणा हुने अनुमान थियो ।

मंगलबार निर्वाचन आयोगका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने बताएका थिए । आयोगले ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो । 

आयोगले प्रस्ताव गरेको मितिमा आवश्यक प्रक्रिया पुर्‍याएर मिति घोषणा गर्न सकिने बताएका थिए । तर आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएपछि निर्वाचनको मिति तोक्न पनि बिलम्ब हुने भएको छ । सरकारले निर्वाचनको मिति घोषणा नगरिदिँदा आयोगले निर्वाचन कार्यतालिका ल्याउन सकेको छैन ।

आयोगका अनुसार निर्वाचनको मिति घोषणापछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्नुपर्छ । सरकारले मिति घोषणा गर्न बिलम्ब गर्दा आयोगलाई समयको चाप बढ्ने देखिको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप