बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा १४ अंकको गिरावट, ८ अर्बको कारोबार

बिहीबार, २० माघ २०७८, १६ : ०६
बिहीबार, २० माघ २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बिहीबार १४ अंकले घटेको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा आएर घटेको हो । २८ सय ९८ अंकबाट सुरु भएको नेप्से सूचक बढेर २९ सय २२ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर घट्दै २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको एक करोड ५७ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८ रुपैयाँले बढेर १९ सय ५९ अंकमा पुगेको हो । यस्तै, बुद्धभूमि नेपालको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ । यसपछि अपि पावर कम्पनीको ५२ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप