नेप्सेमा १४ अंकको गिरावट, ८ अर्बको कारोबार
बिहीबार, २० माघ २०७८, १६ : ०६
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बिहीबार १४ अंकले घटेको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा आएर घटेको हो । २८ सय ९८ अंकबाट सुरु भएको नेप्से सूचक बढेर २९ सय २२ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर घट्दै २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको एक करोड ५७ लाख कित्ता सेयर किनबेच भएको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८ रुपैयाँले बढेर १९ सय ५९ अंकमा पुगेको हो । यस्तै, बुद्धभूमि नेपालको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ । यसपछि अपि पावर कम्पनीको ५२ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण