दामन–सिमभञ्ज्याङ क्षेत्रमा हिमपात, त्रिभुवन राजपथ अवरुद्ध
शुक्रबार, २१ माघ २०७८, १० : ०१
मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात भएको छ । उत्तरी मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा शुक्रबार रातिदेखि बाक्लो मात्रामा हिमपात भएको हो । योसँगै यसवर्ष यस क्षेत्रमा तेस्रोपटक हिमपात भएको हो ।
त्यस क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको छ इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ । हिउँ परेपछि अहिले त्रिभुवन राजपथ बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौंडाबाट जाने सवारीलाई गोलमोडमा र पालुङतर्फबाट आउने सवारीलाई दामनमा रोकिएको छन् । सडकमा हिउँ जमेको कारण सवारी आवत जावतमा समस्या भएको प्रहरीको भनाइ छ ।
सडक डिभिजन कार्यालय मकवानपुर र थाहा नगरपालिकासँग समन्वय गरेर हिउँ पन्छाउने कार्य गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण