दामन–सिमभञ्ज्याङ क्षेत्रमा हिमपात, त्रिभुवन राजपथ अवरुद्ध
शुक्रबार, २१ माघ २०७८, १० : ०१

मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात भएको छ । उत्तरी मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा शुक्रबार रातिदेखि बाक्लो मात्रामा हिमपात भएको हो । योसँगै यसवर्ष यस क्षेत्रमा तेस्रोपटक हिमपात भएको हो ।
त्यस क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको छ इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ । हिउँ परेपछि अहिले त्रिभुवन राजपथ बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौंडाबाट जाने सवारीलाई गोलमोडमा र पालुङतर्फबाट आउने सवारीलाई दामनमा रोकिएको छन् । सडकमा हिउँ जमेको कारण सवारी आवत जावतमा समस्या भएको प्रहरीको भनाइ छ ।
सडक डिभिजन कार्यालय मकवानपुर र थाहा नगरपालिकासँग समन्वय गरेर हिउँ पन्छाउने कार्य गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी
-
नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा रक्तदान
-
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने शिक्षकविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
निगमले अझै तिरेन वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दाको १९ अर्ब ३९ करोड ऋण
-
सगरमाथा संवादबारे सोनिया मुर्शिदलाई जानकारी