शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँले सेताम्मे दामन र सिमभञ्ज्याङ (फोटोफिचर)

शुक्रबार, २१ माघ २०७८, १० : ५०
शुक्रबार, २१ माघ २०७८

उत्तरी क्षेत्र मकवानपुरको दामन र सिम्भञ्ज्याङ हिउँले सेताम्मे भएको छ । मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको  दामन–सिम्भञ्ज्याङ क्षेत्रमा शुक्रबार बिहानै देखि बाक्लो मात्रामा हिउँ परेपछि सेताम्मे देखिएको हो । 

बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन-सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको स्थानीयहरु बताउँछन् । 

दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै सबैभन्दा अग्लो क्षेत्र हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप