पाल्पामा होटल साहुनी आफ्नै कोठामा मृत फेला
शुक्रबार, २१ माघ २०७८, ११ : ४२
पाल्पाको एक होटलकी साहुनी आफ्नै सुत्ने कोठामा मृत फेला परेकी छन् । जिल्लाको वगनासकालि गाउँपालिका–१ घेराबन्दस्थित ‘होटल द पिसपोईन्ट’की साहुनी ४० बर्षीया शोभा महर्जन मृत फेला परेकी हुन् ।
बुधवार साँझ सोही होटलको आफू सुत्ने कोठामा खान खाई सकुशल सुतेकी उनी अर्को दिन बिहान मृत फेला परेको पाल्पाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार मृतकका श्रीमान बिशाल भट्टराई माघ १७ गते देखि व्यक्तिगत कामले बुटवल गएका थिए । घटनाको जानकारी प्राप्त हुन साथ उनी बिहीबार साढे १२ बजेतिर घर फर्किएका छन् । मृतकका एक छोरा सोही स्थानमा रहेको घर मै भएको प्रहरी निरीक्षक पचभैयाले बताए । घटनाको अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण