भूपू गोर्खाको मुद्दा चाडै अघि बढ्छ: कार्यवाहक राजदूत खनाल
वि. सं. २०६७ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी रोशन खनालले परराष्ट्रमा एक दशक बढी समय बिताइसकेकी छन् । परराष्ट्र मन्त्रालयमा रहँदा उनले उपसचिवका रूपमा उत्तर पूर्वी एसिया डेस्क प्रमुखको भूमिका निर्वाह गरेकी थिइन् ।
उनले सन् २०१२ नोभेम्बर देखि २०१६ सेप्टेम्बरसम्म नेपाली राजदूतावास तेल अभिभ इजरायलमा प्रथम/द्वितीय सचिवको रूपमा काम गर्ने अवसर पाइन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेकी खनालको जन्मथलो पाल्पा भए पनि कपिलवस्तु हुँदै हाल काठमाडौँमा स्थायी बसोबास छ ।
लन्डन राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मिनिस्टर काउन्सेलर शरदराज आरण परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा दूतावासको ‘सेकेन्ड म्यान’ का रूपमा सन् २०२० अगस्टमा नियुक्त भएकी थिइन् खनाल ।
बेलायतका लागि २१ औँ राजदूतको रूपमा गत वर्ष मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका राजदूत लोकदर्शन रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएपछि नेपाली दूतावास लन्डन राजदूतविहीन बन्न पुगेको थियो । रेग्मी नेपाल फर्किए लगत्तै दूतावासको बागडोर अहिले महिलाको काँधमा छ । काउन्सेलर तथा उपनियोग प्रमुख रोशन खनालले केही महिनायता कार्यवाहक राजदूतको रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
कार्यवाहक राजदूतको भूमिका निर्वाह गर्न कत्तिको सहज छ ? पछिल्लो समय निकै चर्चाको विषय बनेको भूपू गोर्खा मुद्दा अब के होला ? दूतावासका सेवा सुविधा, आर्थिक र विकास कूटनीति तथा पर्यटन प्रवर्धन सम्बन्धी विशेष योजना लगायत विविध विषयमा खनालसँग कुराकानी गरिएको छ ।
अन्तर्वार्ताका क्रममा कार्यवाहक राजदूत खनालले नयाँ राजदूत ज्ञानचन्द्र आचार्य फेब्रुअरीसम्म लन्डन आउने सम्भावना रहेको बताउँदै उनी एकजना अनुभवी कूटनीतिज्ञ भएकाले गोर्खा मुद्दा पार लाग्नेमा सबै आशावादी रहेको बताइन् । राजदूत नभएका कारण भूपू गोर्खाहरूको मागको बारेमा गरिन लागिएको वार्ता अन्योल बन्न पुगेको थियो । तर, भूपू गोर्खाको मुद्दा प्रक्रिया ढिला भए पनि अघि बढिरहेको र राजदूत आउनासाथ समस्या समाधानको पहल गरिने खनालले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण