बेमौसमी वर्षाले गर्दा इँटा उद्योगमा करोडौँको क्षति

बेमौसमी वर्षाका कारण सिरहामा करोडौँ रुपैयाँ बराबर इँटा पानीले भिजेर कमै नलाग्ने भएको छ । बिहीबार रातिदेखि हावाहुरीसँगै पानी परेको हुँदा इँटा उद्योगहरूमा चाङ लगाएर राखिएको काँचो इँटा भिजेर गल्न थालेपछि चार करोडभन्दा बढी मूल्यको क्षति भएको इँटा भट्टा महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विक्रम साहले जानकारी दिए।
श्री सागर इँटा उद्योगका सञ्चालक समेत रहेका साहले आफ्नै उद्योगमा रहेको १० लाख काँचो इँटा पानीले भीजाएर बर्बाद भएको बताए । त्यसैगरी गणती इँटा भट्टा उद्योग, असनपुर– ७ का सञ्चालक कृष्णा महतोका अनुसार आफ्नै इँटा उद्योगको दश लाखभन्दा बढी इँटा गलेको बताए । उता सागर इँटा उद्योग गोलबजारका सञ्चालक र्धमनाथ साहको उद्योगमा रहेको ८ लाख इँटामा पानीले भिजेर आधा काम नलाग्ने भएको बताए ।
‘वर्षाले सबै व्यवसायीहरू मारमा परेका छन् । मेरै मात्र १० लाख इँटा बनेको थियो, ’ विक्रम साहले भने, ‘यत्रो लगानी गरेर तयार पारिएको इँटा पानीले गलेर कामै नलाग्ने भयो । यो इँटा पकाउन तयार पारेर राख्ने समय भएकोले पनि धेरै इँटा भट्टाहरूमा प्रशस्तै इँटा रहेको थियो । सबैको यस्तै हाल हो ।’
वर्षाका कारण खाल्डोलहरुमा पानी जम्न थालेपछि काँचो इँटाको चांगहरु ढलेका छन् भने साचोबाट भर्खर निकालेर सुकाई राखेका इँटाहरू पनि सबै गलेको व्यवसायीहरूले बताए । जिल्लामा ५४ वटा इँटा उद्योगहरू दर्ता रहे पनि ५० वटा मात्र सञ्चालनमा रहेको महासंघले जनाएको छ । सबै इँटा भट्टाहरूमा कम्तीमा तीन लाख देखि बढीमा १२ लाख सम्म काँचो इँटाहरू रहेको व्यवसायीहरूको भनाई रहेको छ ।
एउटा काँचो इँटा बनाउन कारिगरलाई मात्र तीन रुपैयाँ सम्म पर्छ । वर्षाका कारण इँटा उद्योग सञ्चालकहरूले ठुलो घाटा हुने इँटा भट्टा सञ्चालकहरूले बताए । काँचो इँटा पानीले बर्बाद पारेको कारण इँटाको अभाव हुने समेत उनीहरुको आँकलन छ । माग अनुसारको आपूर्ति हुन नसक्दा इँटाको मूल्य वृद्धि हुने इँटा उद्योग सञ्चालकहरूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल