लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ
आइतबार, २३ माघ २०७८, ०८ : ३०
प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल ९बीओपी० ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
त्रिविवि र यसको सुधारका सम्बन्धमा
-
तरकारी बजार : यस्तो छ आजको मूल्यसूची (सूचीसहित)
-
बिहारका पूर्वउपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन
-
भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
-
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक