बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको वृद्धि, पाँच अर्बको कारोबार

सोमबार, २४ माघ २०७८, १५ : ४२
सोमबार, २४ माघ २०७८

सोमबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन मात्र ४० अंक माथिले घटेर २८ सय ३५ अंकमा झरेको बजार आज १५.६९ अंकले बढ्दै २८ सय ५१.८६ अंकमा उक्लिएको हो । 

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले बढ्दै ५३५.३२ अंकमा उक्लिएको छ।  आज बैंकिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।  १५ अंक माथिले बढेको बजारमा आज ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप