आज बाला चतुर्दशी यसरी छरियो पशुपतिमा शतविज (फोटोफिचर तथा भिडियो)
शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : ०७
काठमाडौ– आज बाला चतुर्दर्शी । अर्थात शतवीज छर्ने दिन ।
सनातन हिन्दु धर्मावलम्बीहरुले मंसिरको कृष्ण पक्षको चतुर्दर्शीलाई विशेष रुपमा लिने गर्दछन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राती महादिप बाली जाग्राम बसी चतुर्दर्शीको बिहान शतवीज छर्ने चलन छ ।
महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ । त्यस्तै शिवालयमा शतवीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वाश गरिन्छ । आज बिहानै मृतकका आफन्तले देश भारीका शिवालयहरुमा शत वीज छरेका छन् ।
काठमाडौमा पाशुपत क्षेत्रमा पनि शतबीज छरेका छन् ।
पाशुपत क्षेत्रमा पशुपति क्षेत्र विकाश कोषले भक्तजनका लागि महादिप बाल्न र शतबीज छर्न कैलाश र मृगस्थलीमा व्यवस्था मिलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण