सत्यमोहन जोशीमा निमोनिया संक्रमणका साथै मुटुमा समस्या, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था
शुक्रबार, २८ माघ २०७८, १७ : ४२
वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीमा निमोनिया संक्रमणका साथै मुटुमा समस्या देखिएको छ । किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले शुक्रबार दिउँसो ४ बजे जारी गरेको विज्ञप्तिमा उनको उपचार जारी रहेको जानकारी दिइएको छ ।
विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । समग्रमा उनको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनको प्रेसर ११०/६०, पल्स ८८ बिट्स प्रतिमिनेट, अक्सिजन लेभल ९६ प्रतिशत (सर्पोट प्रतिमिनेट एक लिटर) रहेको छ । स्वास्थ्यमा समस्या आएपछि जोशी माघ २५ देखि सो अस्पतालमा उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण