आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकमा गृहमन्त्री खाँण : गठबन्धनको खिलापमा नउभिन नेता–कार्यकर्तालाई आग्रह

शुक्रबार, २८ माघ २०७८, २२ : ४४
शुक्रबार, २८ माघ २०७८

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनको खिलापमा नउभिन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी कार्यालय सानेपामा बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले गठबन्धनको विकल्पबारे धारणा नराख्न आग्रह गरेका हुन् । गठबन्धनबारे पार्टीको संस्थागत निर्णयका विरुद्ध नउभिन गृहमन्त्री खाणको चेतावनी छ । 

पार्टीले गठबन्धनबारे अर्को संस्थागत निर्णय नगरेसम्म नेताहरुले  गठबन्धनको विकल्पबारे धारणा राख्नु हुँदैन, उनले भने, ‘यसले कार्यकर्ता, आम जनता र गठबन्धनमा सहभागी दलका नेता तथा कार्यकर्तालाई भ्रम सिर्जना गर्छ । गठबन्धनको खिलापमा हामीले धारणा राख्नु हुँदैन ।’

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले संस्थागत निर्णय गरेर अहिलेको गठबन्धन निर्माण गरिएको उनले बैठकमा स्मरण गराए । गठबन्धन राष्ट्रिय आवश्यकता भएरै संविधान, लोकतन्त्र र विधिको शासन रक्षाका लागि निर्माण भएको उनको भनाइ थियो । 

‘त्यसकारण नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकबाट गठबन्धनबारे छलफल, समीक्षा र पुनर्विचार गर्न सकिन्छ’ गृहमन्त्री खाणले भने, ‘तर केन्द्रीय कार्यसमितिबाट वर्तमान गठबन्धनबारे अर्को निर्णय नहुँदासम्म पार्टीको संस्थागत निर्णयका पक्षमा उभिनुपर्छ । गठबन्धन बनाउने निर्णय सर्वसम्मत भएको थियो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न सजकता र सतर्कतापूर्वक सार्थक प्रयत्न गरिरहेको गृहमन्त्री खाणले बताए । ‘एमसीसी पारित गर्न प्रधानमन्त्रीजीले गर्नुभएको प्रयास उपयोगी छ । सजकता र सतर्कतापूर्वक एमसीसीबारे सार्थक प्रयत्न गर्नुभएको छ । त्यो सकारात्मक छ’ उनले भने ।

गृहमन्त्री खाणका अनुसार एमसीसीले मुलुकको गरिबी र बेरोजगारी न्युनीकरण गर्न मद्दत पुर्याउने छ । उनले विद्युत क्षेत्रमा ठूलो योगदान दिने बताए । एमसीसी पास गर्नुपर्ने काँग्रेसको संस्थागत निर्णयलाई सबै नेता तथा कार्यकर्ताले सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

‘अन्य राजनीतिक दलसँग सहमति र सहयात्राका साथ यो अगाडि बढ्ने हो । एमसीसीबारे भ्रम सिर्जना गरिएको छ’ गृहमन्त्री खाणले भने, ‘त्यो भ्रमबाट मुक्त भएर नेता र कार्यकर्ताले एमसीसी राष्ट्रियताको हितमा छ भन्ने सोचाइसका साथ आवश्यक पहल गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप