माधवनारायणको पूजा : तस्बिरमा हेर्नुहाेस् चाँगुनारायणसम्म व्रतालुहरूको यात्रा

एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना प्रदेश यात्राको क्रममा आज व्रतालुहरूले चाँगुनारायण पुगेर पूजाआजा गरेका छन् । आजदेखि प्रदेश यात्रा पनि समाप्त भएको छ।
पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुग्छन् । बर्तालु आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गर्ने परम्परा छ । माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो ।
स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधनामा एक महिनाभरि हातगोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर पूजासहित स्वस्थानीको पुस्तकलाई पाठ गरिन्छ । माघ शुक्ल द्वादशीका दिन बिहान सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजा आराधना गरेपछि साँखु गई बर्तालुले आ– आफ्नै घरघरमा भोजन गर्ने व्रत विधि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी
-
भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला
-
पोखराबाट सातै प्रदेशमा हवाई उडानको तयारी
-
विपिन जोशीबारे अझै केही सूचना आएन
-
१० बजे १० समाचार : नगरकोटबाट पूर्वराजाको सक्रियतादेखि रवीन्द्रलाई अर्को ‘आपत’सम्म
-
राजश्व छलीमा तीन करोड असुली गर्न माग गर्दै मुद्दा दर्ता