प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रभाव धितोपत्र बजारमा, झण्डै १ सय अंकको गिरावट
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै यसको प्रभाव धितोपत्र बजार (नेप्से) मा समेत परेको छ । यसैदिन खुलेको बजारमा १२ देखि साढे १ बजेसम्ममा झण्डै एकसय अंकले बजार खस्किएको छ ।
यो समाचार तयार पार्दासम्म अर्थात् १२ : ३० बजेसम्ममा नेप्से अधिकतम ८२.६४ अंकले घटेर २७ सय १८.९२ बिन्दुमा ओर्लिसकेको छ । यद्यपि, यो अंकको केही सुधार हुने संकेत पनि देखिन्छ । तर, बजार खुलेको एक–दुई घण्टाभित्रै ३ प्रतिशतको परिवर्तन देखिनुले लगानीकर्ताहरु पेनिक हुन पुगेका छन् ।
यसदिन सबैभन्दा बढी हाइड्रोपावर समूहको अधिकतम ४.२८ प्रतिशतले गिरावट आएको छ भने निर्जीवन बीमा समूहको ३.७८ प्रतिशतले र फाइनान्स समूह ३.५१ प्रतिशतले घटेका छन् । अन्य सबै समूह आज घट्दो क्रममा रहेका छन् ।
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि कुनै सुधार आएन । केहीँ दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा आज पनि ११ अंकको माथिको गिरावट आएको हो । अहिलेकै अवस्था कायम रहे बेलुका (बजारको अन्तिम समयसम्म) नेप्सेको अवस्था नाजुक रहने प्रायः निश्चित छ । गत बिहीबार नेप्से सूचक ११.९६ अंकले घट्दै २८ सय १.५६ विन्दुमा अडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण