भरतपुरका भूमिहीन पाए जग्गाको निस्सा
राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा बाँड्ने अभियान तीव्र पारेको छ । भूमिहीनहरूलाई लालपुर्जा वितरण प्रक्रियाका लागि निस्सासँगै जग्गा नापजाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सिनाले जानकारी दिए ।
यतिबेला जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नाँपजाँच तीव्र पारेको तिमिल्सिनाले बताए । सोही अभियान अन्तर्गत आज भरतपुर महानगरको वडा नम्बर १२ मा भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सीना र वडा अध्यक्ष नरेन्द्र कन्दवाले संयुक्त रूपमा नापजाँच प्रक्रियाका लागि निस्सा वितरण गरेका हुन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब जग्गा नापजाँचको कार्यलाई पनि तीव्र ढङ्गले अगाडी बढाई जति सक्दो छिटो भूमिहीनलाई भूमिपति बनाइने बताए । “सुकुम्बासीलाई जग्गा दिन अमिनसहितको टोली फिल्डमा तीव्र रूपमा काम गरिरहेका छन्, अहिले ७ वटा वडामा काम भइरहेको यहाँ पनि ५ दिनपछि नापजाँच हुन्छ,” उनले भनिन् । यस्तै उपमेयर पार्वती शाहले आफूहरूले गरेको बाचा अनुसार निस्सा वितरणसँगै लालपुर्जा वितरण गर्न पाउँदा निकै खुसी लागेको बताइन् । जग्गाको निस्सा पाएपछि स्थानीयवासी उत्साहित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण