हङकङमा कोभिडको पाँचौ लहर : संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त
कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् ।
हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार मात्र ४ हजार २८५ नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा कोभिडका कारण एक तीन वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ । विज्ञहरुले हङकङमा दैनिक संक्रमितको संख्या २८ हजारसम्म पुग्ने सावधानी दर्साएका छन् ।
एउटा दुर्लभ हस्तक्षेपमा चिनियाँ राष्ट्रपति सी जिनपिङले संक्रमण नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय चाल्न हङकङका स्थानीय नेतालाई अनुरोध गरेका छन् ।
जिनपिङको टिप्पणी चीनको विशेष प्रशासनिक क्षेत्रमा कठोर नियन्त्रणको संकेत गरेको छ । सामूहिक परीक्षण र लकडाउन बिना नै हङकङ सरकारले चीनमा जस्तै शून्य कोभिड नीति लगाउने तयारी गरेको छ ।
महामारी सुरु भएपछि अहिलेसम्म २६ हजार संक्रमित भएका छन् भने २०० जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण