बालाजुमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु
बिहीबार, ०५ फागुन २०७८, ०९ : १७
काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन् । विहान करिब ५ बजेर ५५ मिनेटमा बसले दुईजनालाई किचेर फरार भएको महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले रातोपाटीलाई बताए ।
बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुका डिएसपी गौतम मिश्र सहितको टिमले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण