एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन : प्रधानमन्त्री देउवा
बिहीबार, ०५ फागुन २०७८, १० : ५५
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । उनले आफु एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताए । काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका हुन् ।
‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
१४ बलको त्यो अद्भुत उपलब्धि...
-
बेंगलुरु र चेन्नईको खेलमा अम्पायरको चर्चा किन ?
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
धोनी भन्छन्, ‘जिम्मेबारीबाट पन्छिन मिल्दैन, हारको दोषी म हुँ’