मन्त्रिपरिषद बैठक : गठबन्धनको हैसियतमा अन्तिम हुनसक्छ !
मन्त्रिपरिषदको नियमति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ । सत्ता गठबन्धनमा एमसीसी पेचिलो भइरहेका बेला मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
आजको बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने काँग्रेसका एक मन्त्रीले जानकारी दिए । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढाए सरकार छोड्ने निर्णय गरिसकेको छ । ‘यस्तो अवस्थामा गठबन्धनको मन्त्रिपरिषद आज अन्तिम हुनपनि सक्छ’ एक मन्त्रीले रातोपाटीसँग भने ।
बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमसीसीलाई कसरी अघि बढाउने भन्नेबारेमा बालुवाटारमा छलफल भएपनि सहमति जुट्न सकेको छैन । यसैबीच सूचना तथा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र माओवादीका केही नेताबीच भएको छलफलमा माओवादी नेताहरुले सहमति विना एमसीसी अघि नबढाउन गरेको आग्रहमा कार्कीले देउवाकै बोली बोल्दै शुक्रबारको बैठकमा एमसीसी टेवल गरेरै छाड्ने अडान दोहोर्याएका छन् ।
कार्कीसँगको भेटमा माओवादी नेताहरुले एमसीसीप्रति नेपाली नागरिकको धारणा नकारात्मक बन्दै गएपछि अमेरिका समेत केही व्याक भएको माओवादी नेताहरुको बुझाई छ । मंगलबार अमेरिकी राजदूत र्याण्डिबेरीले केही पत्रकारहरुसँगको भेटमा बहुमतका नाममा संसदमा लज्जाजनक उपस्थितिबाट एमसीसी पारित गर्दा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने संकेत गर्दै केही लचक भएको संकेत गरेका थिए । तर प्रधानमन्त्री र काँग्रेसका मन्त्रीहरु भने जसरी पनि एमसीसी अघि बढाएरै छोड्ने मनस्थितिमा पुगेकाले सम्भवत बिहीबार बेलुका बस्ने सत्ता गठबन्धनको बैठकपछि औपचारिक रुपमा गठबन्धन टुटेको घोषणा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण