सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धरान–भेडेटार सडकमा दुईवटा झोलामा मानव शरीरको अंग फेला

बिहीबार, ०५ फागुन २०७८, ११ : २६
बिहीबार, ०५ फागुन २०७८

धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोला र प्लाष्टिकमा मानिसको अंग भेटिएको छ । जेब्रा झोलामा टाउको र खुट्टा तथा प्लाष्टिकको झोलामा शरीरको अरु अंग भेटिएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए ।

आँपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएको स्थानीयले जेब्रा झोलामा खुट्टा र टाउको देखेर प्रहरीलाई खबर गरेका थिए । शव पुरुषको भएको खुलेको छ । घटनास्थलमा गएर इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर सहितको टोलीले अनुसन्धान गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप