नेप्सेमा सामान्य गिरावट, कारोबार २ अर्बमा खुम्चियो
बिहीबार नेप्से सूचकमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन झण्डै २० अंकले घटेर २७ सय ३४ अंकमा झरेको बजारमा बिहीबार थप १.९३ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.९३ अंकले घटेर २७ सय ३२.५२ अंकमा झरेको छ । यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज स्थिर रहेको छ ।
त्यसो त साताको अन्तिम कारोबार दिन समेत रहेको आज करिब २ अंकले घटेको बजारमा कारोबार रकम समेत घटेर २ अर्बमा खुम्चिन पुगेको छ । नेप्सेकाअनुसार यस दिन ४० लाख १७ हजार कित्ता सेयर बजारमा ३४ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा २ अर्ब २७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन यस्तो कारोबार १९ अंक माथिले घटेको बजारमा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँको भएको थियो । आज ट्रेडिङ, हाइड्रोपावर, म्यानु एण्ड प्रो, अन्य र म्युचुअल फन्ड बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण