गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा भएको जनाएको छ । परीक्षण उडानका लागि हिजो साँझ विमान भैरहवा आएको छ । विमानस्थलको प्रविधि चेकजाँच गर्न एरो थाइको क्यालिव्रेशन गर्ने हवाइजहाज भैरहवा विमानस्थलमा आइपुगेको हो ।
पाइलट, को–पाइलट, प्राविधिकसहित ७ जनाको टोली हवाइजहाजबाट आएको विमानस्थलको महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाईले कोरोना महामारीलाई ख्याल गर्दै भीडभाड नगर्न, स्वास्थ्य मापदण्डको ख्याल गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । आयोजनाले प्राधिकरणलाई दिएको जानकारीअनुसार बिहान र साँझ गरी २ वटा दैनिक परीक्षण उडान हुनेछन् ।
परीक्षण उडानका क्रममा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछन् । यसबाट यात्रुलाई पर्न जाने समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि विमानको माग अनुसारको समयसम्म उडान भर्ने सुविधा दिने विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए । १५ गते सम्म यो उडान रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण