तस्बिर खिच्ने बहानामा विद्यालय हिँडेका विद्यार्थीको अपहरण
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ बस्ने पुष्पा दाहालका १२ वर्षीय छोरा र ९ वर्षीया छोरीलाई अपहरण गरेर झापा पुर्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सैनामैनाको प्रभात बोर्डिङ स्कुलमा पढ्न जाँदै गर्दा हिजो बिहान फोटो खिच्ने बहानामा स्कुलको गाडीबाट निकालेर अपहरण गरी झापा पुर्याएको प्रहरीको भनाइ छ । हिजो विद्यालय गएका बालबालिकाहरु हराएपछि खोजतलासको क्रममा आज दिउँसो झापाको बिर्तामोडबाट प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । उनीहरुलाई अपहरण गरेको आरोपमा स्थानीय खिम बहादुर पौडेललाई प्रहरी पक्राउ गरेको हो ।
विद्यालय हिँडेका रूपन्देहीका दुई बालबालिकालाई अपहरण गरी झापा पु¥याइएको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख मनोज केसीले झापाबाट बालबालिकालाई सकुशल फेला पारेको ल्याउँदै गरेको बताए । उनले अपहरण गर्ने व्यक्ति र अन्य विवरण भोलि सार्वजनिक गर्ने बताए । विद्यालयका प्राचार्य अनन्तराम शर्माले बच्चाहरू विद्यालयमै नआए पनि आफन्तहरु विद्यालय हिँडेको बताएपछि खोजतलासको लागि प्रहरीलाई खवर गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण